Logo

कात्तिक २८ र मंसिर २ गते नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने



कात्तिक २८ र मंसिर २ गते नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । कोरोना कहरकाबीच नेपालले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने मिति तय भएको हो । दुवैखेल बंगलादेशको ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुने तय भएको छ ।

कोरोना भाइरस संक्रमित नेपालमा भेटिएपछि गत चैतबाटै पुटबलका सम्पूर्ण गतिबिधी बन्द रहेको थियो । त्यसको ७ महिनापछि सरकारले खेल क्षेत्रलाई पनि चलायमान बनाउन अनुमति दिएको छ ।

यसअघि भदौ १ गते देखिनै सरकारले एन्फालाई खेलाडी प्रशिक्षण गर्न अनुमति दिने तयारी गरेको थियो । तर काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमणको दर झनै तीव्र बढेपछि प्रशिक्षण नगराउन निर्र्देशन दिएको थियो ।

त्यतिबेला प्रशिक्षणका लागि अधिकांश पूर्वआधारको व्यावस्थापन भइसकेको भएपनि अन्त्यमा आएर रोक्न निर्देशन दिइएको थियो । अब बंगलादेशसँगको खेलका लागि एन्फाले दशैँको बिदा सकिए लगततैबाट स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै प्रशिक्ष थाल्ने जनाएको छ 

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार १३:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।