Logo
भिडियो

‘पिरिम नलाउने’का गायक आशिषको ‘पानी बादलु’मा एलिशा, सरोज र आश्माको अभिनय


पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी–पछ्यैरी’लगायतका चर्चित गीतका लोकप्रिय गायक आशिष सचिन (गौतम) को नयाँ गीत ‘पानी बादलु’को भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक ‘पानी बादलु’ बोलको गीतमा आशिषसँगै रेश्मा पुनले स्वर दिएकी छन् । डान्सिङ शैलीमा तयार भएको गीतमा लोकप्रिय संगीतकार दीपक शर्माको शब्द तथा संगीत सृजना समावेश रहेको छ । सार्वजनिक गीतको भिडियोमा गायक आशिषसँगै मोडल एलिशा शर्मा, कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य रहेको छ ।

साथै भिडियोमा पवन खतिवडा ‘म्याकुरी’ र खड्ग बहादुर पुन ‘खबपु’को पनि अभिनय देख्न सकिन्छ । पछिल्लो समयका चर्चित निर्देशक गम्भीर विष्टको निर्देशन, कन्सेप्ट तथा करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारी र टिमको छायांकन रहेको छ । निर्देशक विष्टकै कोरियोग्राफी रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।

सुप्रिम पराजुलीको सम्पादन रहेको गीतको छायांकन अर्जुन तिवारी र उनको टिमले गरेको हो । जसको मिक्सिगं श्यामश्वेत रसाइलीले गरेका हुन् । भिडियोलाई ओएसआर डिजिटलले तयार पारेको हो । कोरोना महामारीको समयमा पनि आफ्ना फ्यानलाई दशैँ विशेष कोशेलीका रुपमा ‘पानी बादलु’को भिडियो दिन पाउँदा खुशी लागेको गायक आशिष बताउँछन् ।