Logo
भिडियो

संगीतकार रुद्र श्रेष्ठले ल्याए पूर्वेली गीत “काबेली खोला


काठमाण्डौ – नेपालमा चाडपर्वकै अभिन्न अङग जस्तै बनेका छन्  ‘गीत संगीत’ । आफ्नै भाषा, आफ्नै मौलिकता र आफ्नै लवजमा विभिन्न चाडपर्वमा गुन्जीन थालेका छन् गीत संगीत । बडा दशैँलाई विदाई गरेर अब हामी अर्को महानपर्व दीपावली मनाउने तयारीमा छौ । दशैँ र दिपावलीलाई लक्षित गरी विभिन्न खालका गीत संगीत बजारमा आईरहेका छन् ।

आफ्नै मौलिकतामा ढालेर गाउने गीत संगीतहरु पछिल्लो समयमा पनि युवा पुस्ताहरुले निकै रुचिका साथ गाउने गरेको पाईन्छ । विभिन्न खालका अधिकारका कुरा गर्दा नेपाली गित संगीत र चाडपर्वले सिङगो नेपालीहरुलाई एक ठाउमा उभ्याएको मात्र छैन् एकताको सूत्रमा बाधेको पनि छ ।

चाडपर्वले एक आपसमा भाईचाराको सम्बन्ध गास्दै तालमा ताल मिलाउदै अघि बढ्न पनि पछि पर्दैनन् नेपाली समुदायहरु । दशैँ, दीपावली जस्ता चाडपर्वमा अहिले विभिन्न युवापुस्ताले आफ्नो ठाँउ विशेषका भाकाहरुलाई दशै, तिहारका पर्वसंग मिल्ने गरी गाउने र नाच्ने गर्दछन् ।

पछिल्लो समय संगीतकार रुद्र श्रेष्ठको एरेन्जमा तथा सुमधुर संगीतमा रहेको “काबेली खोला”बोलको नयाँ पूर्वेली गीत दर्शक–स्रोतामाँझ लिएर आएका छन् । उत्त गीत पूर्वाञ्चल म्युजिक अफिसियल यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतमा गीतकार गायत्री लम्सालको शब्द रहेको छ भने संगीतकार रुद्र श्रेष्ठको संगीत तथा एरेन्ज रहेको छ । सरल र मिठासपूर्ण शब्दहरु र संगीत रहेको यो गीतमा गायक कुशल थालाङ्ग र गायिका अप्सरा बिस्टको आवाज सुन्न सकिन्छ । प्राकृतिक समेटिएर बनाएको गीतको भिडियो सुन्दर र शालिन छ ।

संगीतकार रुद्र श्रेष्ठको निर्माणमा तयार भएको  “काबेली खोलाू”गीतको, छायांकन र सम्पादन रीकेश बज्राचार्यले गरेका हुन् ।  दशैं र तिहारको रमाइलो माहोललाई संगीतमय बनाउनका निम्ति यो गीत अहिले सार्वजनिक गरेको रुद्र श्रेष्ठले बताए । आफूले संगीत गर्दै आएको गीतहरुको प्याट्रनमा भए पनि यो गीतले सबै खाले गीत संगीतका पारखीहरुको मन  छुन सक्ने उनको विश्वास छ ।

हेर्नुहोस्  भिडियो :