काठमाडौं । कुनै समय काठमाडौंका चोकचौतारामा नाङ्लोमा व्यापार गर्नेहरू थुप्रै भेटिन्थे। चुरोट, पराग, गुट्खालगायतका सामग्री नाङ्लोमा राखेर जीविको धान्नेहरू आजभोली कम हुँदै गएका हुन्।
काठमाडौं महानरपालिकाले खुला व्यापारमा कडाइ गरेसँग आजभोली नाङ्लोमा सामान राखेर व्यापार गर्नेहरूको संख्या घट्दै गएहो हो।
महानगरपालिकाले यसरी नाङ्लो व्यापार गर्न दिँदैन तर केही अशक्त भएका र बुढापुराना मानिसले भने अझै पनि उक्त व्यवसायलाई जोगाएर जीविको पार्जन गर्दै आएका छन्।
नाङ्लोमा राखिएको चुरो, पराग, चाउचाउ र कुरमुरे लगायतका सामग्री यात्रुहरूले किन्ने गरेका थिए।
सामान्य खुत्रुके सामानको व्यापार गर्दा राम्रो आम्दानी नहुने भए पनि बिहान-बेलुकीको छाँक टर्ने भएपछि केही व्यक्तिले उपमहानगरसँग लुकेर भए पनि उक्त व्यवसायलाई अंगालिरहेका छन्।
चाउचाउ, चकलेट, चुइङगमलगायत अन्य सानातिना खाद्यान्न सामग्री राखिएकोमा सबै भन्दा बढी चुरो बिक्रीहुने व्यवसायीहरूले बताएका छन्। यसरी नाङ्ले व्यापार गरेर स्वाभिमानका साथ जीवन बाचिरहेकाहरूलाई भेटेर अनलाइन पानाका लागि तेजन किरातीले केही तस्बिर कैद गरेका छन्।
तस्बीरहरू:–



















प्रतिक्रिया