काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेको छ ।
यसअघि न्युरोडको लगायत आसपासका क्षेत्रमा सडकमा गरिँदै आएको पार्किङ हटाएको छ । मंगलबार बिहान पार्किङ गरिएका सवारी साधन महानगर प्रहरी टोलीले हटाएका थिए ।
आजबाट त्यस क्षेत्रमा पार्किङ गर्न नपाइने र गरे कानुन बमोजिम कारबाही गर्ने महानगरले जनाएको छ । महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ ।
प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले काठमाडौं टावरमा तीन सय वटा चारपाङ्ग्रे र सात सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने बताए ।
पार्किङ निषेध गरेपछि त्यहाँका व्यवसायीले विरोध जनाएका छन् । उनीहरूले सटर समेत बन्द गरेका छन् ।
तस्बिरहरू :
























प्रतिक्रिया