काठमाडौं- काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि खुला देखिएको छ। न्युरोड क्षेत्रलाई पार्किङ निषेध गरेर महानगरले धरहरा क्षेत्रमा निःशुल्क पार्किङको सुविधा सुरु गरेको हो।
न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध गरेपछि महानगरपालिकाले सवारी चालकहरूलाई सहज पार्किङ उपलब्ध गराउनका लागि धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा दिएको छ।
यससँगै धरहरामा पार्किङका लागि सवारी आउने क्रमसँगै चहलपहल पनि बढेको छ। सडकमा जथाभावी पार्किङ नहुँदा न्युरोड क्षेत्र भने सुनसान देखिएको छ।
नगर प्रहरीका अनुसार आजबाट ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ।
पार्किङ निषेधित गरेपछि उद्योगी–व्यवसायीमा केही समय विरोध गरे पनि अहिले परिस्थिति शान्त बनेको छ।

े 

























प्रतिक्रिया