Logo

आजको तस्बिर

दुर्गा प्रसाईंको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंको सुरक्षा व्यवस्था कडा [तस्बिरहरू]



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ’ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन गरिएको हो ।

राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह आउने भनेर प्रसाईंले प्रचार गरे पनि उनी भने आएनन् । एक साताका लागि चितवन गएका पूर्वराजा नभए पनि प्रसाईंको नेतृत्वमा आज भृकुटीमण्डपमा प्रदर्शन गरेको हो ।

 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १४:४०   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।