काठमाडौं । काठमाडौँको भृकृटीमण्डपमा दुर्गा प्रसाईंको समूहले वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको लागि प्रसाईं समर्थकहरु भृकुटीमण्डप पुगेका छन् ।
उनीहरू हातमा राष्ट्रिय झन्डा बोकेर भृकुटीमण्डपमा जम्मा भइरहेका हुन् । राजा, हिन्दु राष्ट्र र दुर्गा प्रसाईको पक्षमा नारा लगाउँदै उनीहरू कार्यक्रमस्थलमा पुगेका हुन् ।
राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाह आउने भनेर प्रसाईंले प्रचार गरे पनि उनी भने आएनन्। एक साताका लागि चितवन गएका पूर्वराजा नभए पनि प्रसाईंको नेतृत्वमा आज भृकुटीमण्डपमा प्रदर्शन गरेको हो।
प्रसाईंको कार्यक्रम हुने भएपछि काठमाडौँमा सुरक्षा कडा पारिएको छ ।





















प्रतिक्रिया