काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित नवनिर्मित भवनको उद्घाटन भएको छ ।
बुधवार बल्खुस्थित विभागको नवनिर्मित भवनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा.डा शिवलाल भुसालले गरेका हुन् ।
लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले नवनिर्मित भवन उद्घाटन गरेको हाे। भवनको उद्घाटन भएसँगै सबै कार्यक्रमहरु नयाँ भवनबाट सुरू भएको छ ।
२१ करोड ५९ लाखको लगतमा निर्माण भएको भवनभ्याली बाबुरत्न जेभी निर्माण कम्पनीले निमार्ण गरेको हो ।
तस्बिरहरू:


























प्रतिक्रिया