Logo

अर्थ

प्रधानमन्त्री कार्यालय घेराउ गर्न पुगे मिटरब्याज पीडित [तस्बिरहरू]



काठमाडौं । विभिन्न २८ वटा जिल्लाबाट हिँडेरै काठमाडौं आइपुगेका मिटरव्याज पीडितहरूले आज प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन्। मिटरव्याज पीडितहरूले आजदेखि निर्णायक आन्दोलन भन्दै काठमाडौंमा प्रदर्शन गरेका हुन्।

लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले लघुवित्त तथा वित्तीय शोषणविरुद्ध करिब ३ हजारको संख्यामा रहेका उनीहरूले बालुवाटर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। उनीहरूले फर्जी तमसुक च्यातिनुपर्ने, चेकलाई अवैध घोषणा गरिनुपर्ने, उच्च स्तरीय आयोग गठन गरिनुपर्नेलगायतका माग अघि सारेका छन्।

त्यस्तैगरी, उनीहरूले सामन्तीका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर, सामूहिक ऋण मिनाहा गर, समाजवादी अर्थतन्त्रको विकास गर, कालोसूची तथा धितो लिलाम फुकुवा गर, आम गरिब किसानलाई नि:शुल्क ऋणको व्यवस्था गर लगायतका नौ बुँदे माग अघि सारेका छन् ।

उनीहरूले आफ्नो कार्यक्रमको नाम ‘न्याय मार्च’ राखेका छन्। महाकाली–चितवन–काठमाडौंसम्म पैदल यात्रा गर्ने उनीहरूको घोषणा थियो। मिटर व्याजपीडित तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति गठन गरेर आन्दोलन थालेका हुन्।

बालुवाटार क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

तस्बिरहरू :

 

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार १५:०७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।