काठमाडौं । हिँडेरै काठमाडौं आइपुगेका लघुवित्त पीडितहरूले आज राष्ट्र बैंक घेराउ गरेका छन् । लघुवित्त विरुद्धको सङ्घर्ष समितिले राष्ट्र बैंक परिसरमा पुगेर घेराउ गरेका हुन् ।
बालुवाटारमा प्रदर्शन गर्न पुगेका लघुवित्त पीडितहरूले राष्ट्र बैंकअगाडिको निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । निषेधित क्षेत्र तोड्ने केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विभिन्न २८ वटा जिल्लाबाट हिँडेरै काठमाडौं आइपुगेका करिब ३ हजारको संख्यामा रहेका उनीहरूले हिजो बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए ।
उनीहरूले सामन्तीका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर, सामूहिक ऋण मिनाहा गर, समाजवादी अर्थतन्त्रको विकास गर, कालोसूची तथा धितो लिलाम फुकुवा गर, आम गरिब किसानलाई नि:शुल्क ऋणको व्यवस्था गर लगायतका नौ बुँदे माग अघि सारेका छन् ।
तस्बिरहरू :






































प्रतिक्रिया