Logo

अर्थ

महानगरविरुद्ध कवाडी संकलक आन्दोलित [तस्बिरहरू]



काठमाडौं । काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध महानगरभित्रका कवाडी संकलकहरू आन्दोलित भएका छन्। उनीहरूले आइतबार विरोध र्‍याली निकाल्दै महानगरको निर्णयविरुद्ध आन्दोलित बनेका हुन्।

अनअधिकृत रूपमा रहेका संकलन केन्द्रहरूमा महानगरले डोजर चलाउन थालेपछि कवाडी संकलक आक्रोसित बनेका छन्।

उनीहरूले अनाधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर, अदालतको निर्णयको सम्मान गर, कानुनी शासन लागू गर, हाम्रो व्यवसायमाथिको हस्तक्षेप बन्द गरलगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।

महानगरपालिकाले महानगर मातहतका सम्पूर्ण वडा कार्यालयहरुले कवाडी हटाउने भन्दै कसैलाई ७, १५, तथा ३५ दिनभित्र कवाडी सामग्री पसल हटाई अन्यन्त्र लैजान निर्देशन गरेको थियो।

महानगरको निर्देशनपछि सम्पूर्ण कवाडी व्यवसायी र संस्था स्काप हकहित फाउन्डेशन समेतले काठमाडौं महानगरपालिकाका प्रमुखलाई ज्ञापन पत्र बुझाएको थियो। कवाडी व्यवसायीहरूले शुक्रबारदेखि महानगरविरुद्ध विरोध र्याली निकालेका हुन्।

तस्बिरहरू :

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार १४:११   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।