Logo

अर्थ

सिफलबाट मार्च पास गर्दै थापाथली बसाई सरे लघुवित्त पीडितहरु [तस्बिरहरू]



काठमाडौं । देशका विभिन्न ठाउँहरुबाट आएर काटमाडौंकाे सिफलमा बसेका लघुवित्त पिडितहरु थापाथलीको कृष्ण मन्दिरमा बसाइ सरेका छन् ।

मनिराम ज्ञवाली नेतृत्वको पीडितहरु केही दिनदेखि जय बागेश्वरी सिफलको चौरमा बस्दै आएका पीडितहरु मौसम प्रतिकुलपछि बसाइ सरेका हुन् ।

करिब ६० जिल्लाको ३० हजार भन्दा बढि रहेको दाबी गर्दै आएका पीडितहरुले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेर निषेधित क्षेत्र समेत तोड्ने प्रयास गरेका थिए ।

उनीहरूले सामन्तीका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर, सामूहिक ऋण मिनाहा गर, समाजवादी अर्थतन्त्रको विकास गर, कालोसूची तथा धितो लिलाम फुकुवा गर, आम गरिब किसानलाई निस्शुल्क ऋणको व्यवस्था गर लगायतका नौ बुँदे माग अघि सारेका छन् ।

उनीहरूले आफ्नो कार्यक्रमको नाम ‘न्याय मार्च’ राखेका छन् । महाकाली–चितवन–काठमाडौंसम्म पैदल यात्रा गर्ने उनीहरूको घोषणा थियो । मिटर व्याजपीडित तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति गठन गरेर आन्दोलन थालेका हुन् ।

तस्बिरहरू :

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार १५:२४   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।