Logo

आजको तस्बिर

पशुपतिनाथमा महाशिवरात्रिको तयारी तिव्र,चहलपहल बढ्दो (तस्बिरहरु)



काठमाडौं । महाशिवरात्रि पर्व भव्य रूपमा मनाउने तयारी भएको छ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न तयारी समिति तथा उपसमिति गठन गरी काम गरिरहेको जनाएको छ । यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो ।

महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरू आउने क्रम सुरु भइसकेको छ । पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना जारी गरी भोलि बुधबारदेखि फागुन २७ गतेसम्म गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला–तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको छ ।

पशुपतिनाथ क्षेत्रमा तोकिएका चारकिल्लाभित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी पूर्ण रूपमा रोक लगाउने निर्णय गरिएको विकास कोषले जनाएको छ ।

तस्बिरहरु: 

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १७:३४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।