काठमाडौं- हिन्दू धर्मावलम्बीहरूले महान् चाड महाशिवरात्रीलाई पशुपतिनाथसहित देशभरका शिवालयमा धुमधामका साथ भनाइरहेका छन्। भक्तजनहरूले भगवान् शिवको पूजाआजा गरी शिवरात्री भनाइरहेका हुन्।
कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ।
व्रतमा सर्वोत्तम व्रतका रुपमा लिइने यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ। शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिने गरिन्छ। पशुपतिमा भक्तजनहरूले बमबम भोले र जय शम्भो भन्दै शिवस्तुति गरिरहेका छन्।
तस्बिरहरू:































प्रतिक्रिया