Logo

आजको तस्बिर

पशुपतिनाथबाट बिदा भए साधुसन्त [तस्बिरहरू]



काठमाडौं । यसवर्षको महाशिवरात्रिका लागि भारत तथा देशका विभिन्न भागबाट आएका साधुसन्त तथा जोगीको बिदाइ गरिएको छ ।

आज पशुपतिनाथ परिसरबाट ६ हजारभन्दा बढी साधुसन्तको एक साथ बिदाइ गरिएको हो । पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रीका लागि पशुपतिनाथ दर्शन गर्न आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित २ सयदेखि ९ हजारसम्म दक्षिणा दिएर बिदाइ गरिएको छ ।

भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई हरेक वर्ष पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ । महाशिवरात्रीका लागि आएका साधुसन्त फाल्गुन शुक्ल एकादशीमा पशुपति मन्दिर प्रवेस गरेर फाल्गुन शुक्ल औसीका दिन बाहिरिने गर्दछन् ।

यसवर्ष साधुसन्तको बिदाई र दक्षिणाका लागि करिब २० लाख छुट्टाइएको गुठी संस्थानले जनाएको  छ ।

तस्बिरहरू :

 

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार १४:३९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।