Logo

आजको तस्बिर

२५औं फ्लोरा एक्स्पो भृकुटीमण्डपमा [तस्बिरहरू]



काठमाडौं । भृकुटीमण्डपमा ‘२५औं फ्लोरा एक्स्पो २०८०’ सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह-आयोजनामा फ्लोरा एक्स्पो सुरु भएको हो ।

फ्लोरिकल्चर एसोसिएसन नेपालले सुरु गरेकाे प्रदर्शनी चैत्र ४ गतेसम्म चल्नेछ ।

एक्सपाेमा कुल ७३ वटा स्टल रहेका छन् । जसमध्ये व्यावसायिक स्टल ६० वटा, ल्याण्डस्केपिन स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल एउटा र एउटा फूड स्टलहरू रहेको एसोसिएसनले जनाएको छ ।

एक्स्पोमा एक करोडदेखि डेढ करोड रुपैयाँसम्मको कारोबार हुने आयोजकले अनुमान गरेको छ ।

तस्बिरहरु हेर्नुहाेस्:- 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार १७:१५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।