Logo

बैंकिङ

प्रभु बैंकको नयाँ शाखा नवलपुरको प्रगतिनगरमा



प्रभु बैंक लिमिटेडले आज नयाँ शाखा नवलपुर जिल्ल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा सञ्चालन गरेको छ ।   
बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज  प्रगतिनगरमा आफ्नो २११ औं शाखा खोली सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको बैंकले जनाएको छ । 
प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
हाल प्रभु बैंकले २११ वटा शाखा कार्यालय, १९५ वटा एटीएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखाबाट सेवा प्रवाह गर्दै आइरहेको छ । 

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार १४:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।