Logo

आजपनि घट्यो शेयर बजार, कारोबार रकम २ अर्ब पुगेन



बुधरबार सेयर बजारमा सामान्य गिरावट आएको छ । यो साताको सुरु देखि नै ओरालो लागेको सेयर बजार अघिल्लो दिन भने केही सुधार आएको थियो भने आज पुनः ओरालो लागेको छ । 
आज नेप्से परिसूचक २ दशमलव ३९ अंकले घटेर १६४० दशमलव ६४ बिन्दूमा झरेको छ । यो नि २ सय २ कम्पनीको कारोबार हुँदा पनि कारोबार रकम २ अर्ब पुग्न सकेको छैन । आज सोही कम्पनीको ५६ लाख ३१ हजार ६ सय ४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९सय ४ रुपैयाँ बराबरको कारोबार भएको छ । 

साथै यो दिन १२ वटा समूहको उपसूचकमध्यये होटल, हाइड्रोपावर र म्युचुअल फन्ड बाहेकका सबै समूहका उपसूचक घटेका छन् । 
अघिल्लो अघिल्लो दिन देखिनै उकालो लागेको बिशाल बजार कम्पनीको सेयर मूल्यमा आज भने सकरात्मक सर्किट लागेको छ । 
आजै दोस्रो बजारमा कारोबारको लागि आएको जनरल इन्स्योरेन्सको पनि मूल्य बढेको छ । त्यस्तै कालिका पावर कम्पनी र पाचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । 

 

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार १५:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।