Logo

आजको तस्बिर

चैते झरीले निथ्रुक्क काठमाडौं [तस्बिरहरू]



काठमाडौं- पछिल्लो एक साता यता काठमाडौंमा वर्षा हुने र रोकिने क्रम चलिरहेको छ। नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण वर्षा भइरहेको छ।

अरब सागरबाट जलवाष्पयुक्त हावा नेपालसम्म आइपुगेकाले बादल लाग्ने र पानी पर्ने क्रम जारी रहेको महाशाखाको भनाइ छ।

शनिबारसम्म नै बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म नै देशका धेरैजसो ठाउँ मुख्य गरी पहाडी क्षेत्रमा मौसम बदली, केही ठाउँमा हल्का वर्षा र थोरै ठाउँमा मध्यम वर्षाको अनुमान छ।

अघिल्लो हप्ता बुधबारदेखि देशका धेरै ठाउँमा बदली र वर्षा भैरहेको छ। गएराति पनि काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, तनहुँ, संखुवासभा, धादिङलगायतका जिल्लामा हल्का पानी परेको थियो।

काठमाडौंसहित बाग्मती, कोशी र गण्डकीमा आज दिउँसोपछि हल्का तथा मध्यम पानी परिरहेको छ।

पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चिम नेपालमा बादलमात्र लाग्ने पूर्वानुमान छ।

तस्बिरहरू:

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार १२:४७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।