Logo

अमेरिकी राष्ट्रपतीय निर्वाचन : ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा



अमेरिकी राष्ट्रपतीय निर्वाचनको इलेक्टोरल मतगणना हुने क्रम जारी छ । राष्ट्रपति पदका उम्मेद्वार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जोजेफ आर बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

यो समाचार तयार पार्दासम्म बाइडेन २५ इलेक्टोरल मतले ट्रम्पभन्दा अघि छन् । उनले हालसम्म २३८ इलेक्टोरल मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै ट्रम्पले २१३ इलेक्टोर मत प्राप्त गरेका छन् । अमेरिकी राष्ट्रपतिमा विजयी हुनका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ ।

प्रकाशित : १९ कार्तिक २०७७, बुधबार