काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पैदल लेन र आकासेपुल छन्। पैदल यात्रा गर्ने यात्रुहरूको सहजता र दुर्घटना न्यूनीकरणका लागि आकासेपुल र पैदल लेन तयार गरिएका हुन्।
आकासेपुलको प्रयोग गर्दा पैदल यात्रुहरूको समय जोगिनुका साथै ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा ठूलो सहयोग पुग्छ। तर, आकासपुल प्रयोग गर्ने झन्झटले ट्राफिक प्रहरीको आँखा छलेर ज्यान नै जोखिममा राखेर लुकेर सडक पार गरिरहेका हुन्छन्।
यसका साथै आकासेपुल नभएको ठाउँमा सडक काट्न केही मिटरको दूरीमा पैदल लेन बनाइएको हुन्छ। कतिपय मानिसले पैदल लेनसम्म पुग्न झन्झट मानेर मनलाग्दी सडक पार गरिरहेको देखिन्छ। त्यसले ट्राफिक नियमको उलंघन गर्नुका साथै ज्यान नै जोखिममा पार्छ।
जथाभावी बाटो काट्नु ट्राफिक नियम विपरित हुने भएकाले त्यस्ता व्यक्ति कारबाहीका भागेदार हुन्छन्। ट्राफिक नियम उलंघन गर्ने पैदल यात्रुले कारबाही स्वरुप ट्राफिक कक्षा लिनुपर्ने हुन्छ।
तस्बिरहरू :











































प्रतिक्रिया