Logo

आजको तस्बिर

ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो सुरु, नाै देश सहभागि [तस्बिरहरू]



काठमाडौं । ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ सुरु भएको छ । ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा जावलाखेल फुटबल ग्राउण्डमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आजदेखि भएको हो ।

एक्स्पोकाे उद्घाटन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गरेको हुन् ।

एक्स्पोमा नेपालसहित बङ्गलादेश, भारत, मलेसिया, दक्षिण कोरिया, पाकिस्तान, श्रीलङ्का, थाइल्यान्ड र टर्की गरी ९ देशका व्यावसायीहरुले भाग लिएका छन् ।

एक्स्पोमा विभिन्न देशहरूमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी सामान राखिएको छ । एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजकले जनाएको छ ।

चैत २६ गतेसम्म चल्ने एक्स्पोमा विभिन्न देशका घरेलु उत्पादन, हस्तकला, तयारी पोसाक, गहना, मूर्तिकला, सजावटका सामान, विद्युतीय सवारीसाधन लगायतका १०० वटा स्टलहरू रहेका छन् ।

तस्बिरहरू :

 

 

 

 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार १५:५५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।