काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जनप्रदर्शनमा झडप भएकाे छ । काठमाडौंको भद्रकाली क्षेत्रमा झडप भएपछि तनावग्रस्त बनेको हाे ।
भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको हाे । प्रदर्शनकारीहरूले ढुङ्गामुढासमेत गरेका थिए । त्यसक्रममा केही घाइते भएका छन् ।
प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।











































प्रतिक्रिया