Logo

आजको तस्बिर

५६ जना कर्मचारी खटाएर दैनिक ७ घण्टा धोविखोला सफा गर्दै काठमाडौं महानगर (तस्बिरहरू)



काठमाडौं । काठमाडौं महानगरपलिकाले धोविखोला सरसफाई अभियान सुरु गरेको छ । महानगरपलिकाले दैनिक ७ घण्टा ५६ जना कर्मचारीहरूलाई खटाएर खोलाको सरसफाई गर्दै आएको छ ।

महानगरले काठमाडौंलाई सफा सहरका रुपमा विकास गर्ने उद्देश्य राखि यो कार्य अगाडी बढाएको हो । सरसफाई संयोजक सागर लुइटेलका अनुसार सरसफाई गर्न खटिएका ५६ कर्मचारीलाई दुई भागमा विभाजन गरिएको छ ।

एक समुह सेतो पुलदेखि तल र अर्को समुहले बिजुलिबजार आसपासबाट माथि सरसफाई गर्दै आइरहेको उनले बताए । खोलाबाट निस्केका फोहोरलाई ठाउँ ठाउँमा थुपार्ने र केही समय सुकेपछि बहिर निकालिने संयोजक लुइटेलले बताए ।

तस्बिरहरू :

 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार १३:४४   :  बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।