लण्डन क्लब चेल्सी प्रिमियर लिगमा शेफिल्ड युनाइटेडविरुद्ध जित दर्ता गर्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।
चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा गएराति भएको खेलमा चेल्सीले शेफिल्डलाई ४-१ ले पराजित गरेको हो । खेलको नवौं मिनेटमै डेभिड म्याकगोलड्रिकलले गोल गर्दै शेफिल्डलाई अग्रता दिलाएका थिए तर उक्त अग्रता लामो समय टिक्न सकेन र त्यसलगत्तै २३औं मिनेटमा टमी अब्राहमले चेल्सीको लागि बराबरी गोल फर्काए । ३४ औं मिनेटमा बेन चिलवालले गोल गर्दै चेल्सीलाई २ – १ को अग्रता दिलाए ।
पहिलो हाफमा २-१ को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्यो । ७७औं मिनेटमा थियागोल शिल्भा र ८०औं मिनेटमा टिमो वेर्नरले गोल गरेपछि चेल्सीले ४-१ को स्पस्ट जित हात पारेको हो ।
चेल्सीले उक्त जितपछि ८ खेलबाट १५ अंक जोड्दै चेल्सी तेस्रो स्थानमा उक्लेको छ भने शीर्ष दुई टोलीसंग अंकदूरी १ मा झारेको छ । समान ८ खेलबाट १६ अंकसहित साउथह्याम्पटन शीर्ष स्थानमा छ भने १ खेल कम खेलेको साविक विजेता लिभरपुल १६ अङ्क सहित दोस्रो स्थानमा छ ।


















प्रतिक्रिया