होम आइसोलेसनमा रहेका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला यमीको दोस्रो पटकको कोरोना रिपोर्ट पनि पोजिटिभ आएको छ ।
होम आइसोलेसनमा १४ दिन बसेपछि दोस्रो पटकको पीसीआर परीक्षण गर्दा पुन: पोजिटिभ आएको हो । पीसीआर परीक्षणका लागि कात्तिक ७ गते स्वाब दिएका दुबै जनाको रिपोर्ट पोजिटिभ आएको बाबुरामले ट्वीटरमार्फत् जानकारी गराउनुभएकाे थियाे ।
दोस्रो पटकको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि बाबुरामले कोरोनाविरुद्धको लडाईं लामो भएको बताउनुभएकाे छ । उहाँले बुढाबुढी सँगसँगै कोरोनाविरुद्धको मोर्चामा भएको जानकारी गराउनुभएकाे छ । उहाँले फेसबुकमा लेख्नुभएकाे छ – ‘बुढाबुढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै! लडाइॅ केही लामै होला जस्तो पो छ त !




















प्रतिक्रिया