बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्ना खेलाडी इडेन हाजार्ड कोरोना भाइरस संक्रमणका कारण आसन्न अन्तर्राष्ट्रिय खेलहरुका लागि उपस्थित नहुने विषय आफ्ना र देशका लागि दूर्भाग्यपूर्ण रहेको बताए ।
बेल्जियमले आज राति स्विट्जरल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ, यसका साथै त्यसको चार दिनपछि नेशन्स लिगअन्तर्गत इङल्यान्डसँग खेल्नेछ । कोरोना भाइरस संक्रमणका कारण हाजार्डले यी खेलहरु पनि भएका छन् । केही समयअघि २९ वर्षे फरवार्ड हाजार्डमा संक्रमण पुष्टि भएको थियो ।
युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए)को मापदण्डअनुसार हाजार्ड हाल घरमै आइसोलेसनमा बसेको र आफै अभ्यास गरिरहेको कारण उनको फिटनेसमा समस्या नआउने मार्टिनेजले विश्वास व्यक्त गरेका छन् । हाजार्डलाई संक्रमण पुष्टि भए पनि कुनै लक्षण नदेखिएका कारण संक्रमण मुक्त हुने बित्तिकै उनी मैदानमा फर्किने मार्टिनेजले आशा व्यक्त गरे ।
मार्टिनेजले पत्रकारहरुसँग भने, “हामी हाजार्डलाई राष्ट्रिय टिममा पाउने आशामा थियौं । तर दूर्भाग्यजनक रुपमा कोरोना संक्रमणले हामी सबैलाई निराश बनाएको छ”।
पछिल्लो समय हाजार्ड लगातार चोट तथा कमजोर फिटनेसका कारण अपेक्षित प्रदर्शनबाट चुकिरहेका छन् ।





















प्रतिक्रिया