Logo

बागमती प्रदेश

नापी कार्यालय वीरगञ्जका दुई कर्मचारी घुससहित पक्राउ



नापी कार्यालय वीरगञ्ज, पर्सामा कार्यरत सर्भेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय रु एक लाख घुससहित पक्राउ परेका छन् ।

छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले उनीहरूलाई रङ्गेहात नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार राउत र उपाध्यायले सेवाग्राहीसँग विभिन्न बहानामा रु एक लाख घुस मागी लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।

उनीहरूलाई वीरगञ्ज महानगरपालिका–३, आदर्शनगर पानी ट्याङ्कीस्थित नापी कार्यालय पर्सा–१, २, ३ नं नापी टोलीको कार्यालय परिसरबाट नियन्त्रणमा लिएको बताइएको छ ।

अख्तियारले उक्त घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका दुवै कर्मचारीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार २१:५७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।