Logo

अर्थ

कुल वैदेशिक रोजगारीमा कर्णाली प्रदेशको हिस्सा ३.७८ प्रतिशत मात्रै



काठमाडौं । नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनअनुसार आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका लागि स्वीकृति लिनेमध्ये कर्णाली प्रदेशको हिस्सा मात्रै ३.७८ प्रतिशत रहेको छ।

उक्त वर्ष कर्णालीबाट २० हजार ८८६ जनाले नयाँ र २८ हजार ५८ जनाले पुनः श्रम स्वीकृति लिए, जुन अघिल्लो वर्षभन्दा क्रमशः १६.०६ र ११.८७ प्रतिशतले बढेको हो।

प्रदेशमा गरिबी दर २६.६९ प्रतिशत र बेरोजगारी दर ९.७ प्रतिशत रहेको विभिन्न सर्वेक्षणले देखाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७ हजार १५६ जनाले काम पाएका छन् । प्रदेशभर २ लाख ८ हजारभन्दा बढी बेरोजगार सूचीकृत छन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार १४:४४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।