काठमाडाैं । समृद्धिका लागि वन परियोजनाका लागि सहुलियत ऋण उपलब्ध गारउने विषयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र कृषि विकास बैंकबीच सम्झौता भएको छ ।
कार्यक्रममा कृषि विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, उप–महाप्रबन्धक सुदिप कुमार दाहाल तथा विभागीय प्रमुख नीकू आचार्य लगायतको उपस्थिती थियो ।
विश्व बैंकको सहयोगमा सञ्चालित यस परियोजनाका लागि गरिएको सम्झौताले देशभरका वन–आधारित उद्यमीलाई सहज र दिगो वित्तीय पहुँच उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।
सम्झौताअनुसार बैंकले ७ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्नेछ । अधिकतम ऋण १५ करोड रुपैयाँ सम्म प्रदान गर्न सकिने छ। यस परियोजनाका लागि देशभरबाट कर्जा लिन सकिने जनाइएको छ ।
कर्जाको व्याजदर स्थिर रहने सम्झौतामा उल्लेख गरिएको छ । यसैगरी विश्व बैंकको स्वीकृति लिई १५ करोड भन्दा माथीको कर्जा समेत प्रवाह हुने कृषि विकास बैंकले जनाएको छ । कर्जाको अधिकतम् अवधि १० बर्ष रहेने सम्झौतामा उल्लेख गरिएको छ ।
परियोजनाले वनबाट आधारित उद्यमशीलता विकास, रोजगारी वृद्धि, मूल्य शृंखला सुदृढीकरण र ग्रामीण अर्थतन्त्र थप बलियो बनाउन सहयोग पुग्ने बताइएको छ ।




















प्रतिक्रिया