काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडबाट प्रवाह भएका दर्जनौं ऋण अलपत्र अवस्था भेटिएको छ। प्रवाह भएका अर्बौं रुपैयाँ ऋण उठाउन फाइनान्स अदालतसम्म पुगेको तर ऋण उठ्ने आधार नभेटिएपछि अर्बौं रुपैयाँ ऋण रकम जोखिममा परेको छ । फाइनान्सबाट ऋण लिएका ऋणीहरु एकपछि अर्को गर्दै फरार हुन थालेपछि कम्पनी ऋण असुलीका लागि आदलत पुगेको छ। यसबाट मन्जुश्री फाइनान्सका ग्राहकको निक्षेप जोखिममा छ।
मन्जुश्री फाइनान्सबाट नारायण श्रेष्ठले लिएको ऋण मध्य ४ करोड ९५ लाखभन्दा बढी रुपियाँ नउठेपछि कम्पनी उक्त ऋण उठाउन अदालतसम्म पुगेको हो। ऋणी श्रेठले न्यु श्रेठ मोबाइल तथा इलेक्ट्रोनिक सेन्टरका नाम कर्जा लिएका थिए। फाइनान्सले ऋणी नारयण, उनको कम्पनीसहित २ जनाविरुद्द मुद्दा दायर गरेको छ। उक्त मुद्दा हाल अदालतमा विचाराधीन छ।
त्यसैगरी,मन्जुश्री फाइनान्सलेले ऋणी रोशनी कार्कीमाथि समेत मुद्दा दायर गरेको छ। फाइनान्सबाट लिएको ऋण असुल गरिपाउँ भन्दै फाइनान्सलेले २ करोड ६१ लाख रुपैयाँ दावीसहित उनी लगायत ३ जना विरुद्द अदालतमा मुद्दा दायर गरेको छ।
त्यस्तै, सँस्थाले ऋणी बासुदेव गौतमसहित ३ जनाविरुद्द अदालतमा मुद्दा दायर गरेको छ। फाइनान्सबाट शुभ गंगाजल ट्रेडर्सका नाममा प्रवाह भएको ६६ लाखभन्दा बढी रकम दावी गर्दै अदालतमा मुद्दा दायर गरेको हो उक्त मुद्दा अदालतमा विचाराधीन छ।
त्यसैगरी, फाइनान्सले ऋणी राजन कुमार छाराहाङविरूद्द पनि अदालतमा मुद्दा दायर गरेको छ। फाइनान्सले बालबाटिका एकेडेमीको नाममा प्रवाह भएको ३ करोड ९८ लाखभन्दा बढी रकम दावी गर्दै छाराहाङसहित तीन जना विरूद मुद्दा दायर गरेको हो। सो मुद्दा अदालतमा विचाराधीन रहेको छ। त्यस्तै, मन्जुश्री फाइनान्स रामजी पौडेलसहित तीनजना विरुद्द अदालत पुगेको छ। जसमा ३ करोड ६९ लाखबढी ऋण रकम उठ्न दावी गरिएको छ।
त्यस्तै, सँस्थाले ऋणी सुबास सिंह चौधारीसहित ४ जनाविरुद्द अदालतमा मुद्दा दायर गरेको छ। सुबास इन्जिनियरिङका नाममा प्रवाह भएको ६ करोड ३३ लाख ऋण रकम दावी गर्दै सँस्था आदलत पुगेको हो। उक्त मुद्दा पनि अदालतमा विचाराधीन छ।
त्यसैगरी, मन्जुश्री फाइनान्सले ऋणी राजुप्रसाद यादवसहित तीन जना विरुद्द अदालतमा मुद्दा दायर गरेको छ। सँस्थाबाट प्रवाह भएको ९१ लाखभन्दा बढी ऋण रकम असुल गरिपाउँ भन्दै फाइनान्स अदालतसम्म पुगेको हो सो मुद्दा पनि अदालतमा विचाराधीन छ।
फाइनान्सले बिनोदकुमार चौधरीसहित ४ जनाविरुद्द ८८ लाख, धिरज मेटल वर्कस् र धिरज सप्लायर्सना नाममा प्रवाह भएको ७ करोड ६२ लाख ऋण रकम उठाउन बलराम तिवारीसहित चारजनाविरुद्द मुद्दा दायर गरेको छ। त्यसैगरी, यादव कृषि तथा पशुपालन व्यवसाय प्रालिका नाममा प्रवाह भएको १ करोड ९८ लाख उठाउन भुपेन्द्रप्रसाद यादवसहित ४ जनाविरुद्द अदालतमा मुद्दा दायर गरेको छ। मन्जुश्री फाइनान्सले ऋणी पंकज अधिकारीविरुद्द पनि अदालतमा मुद्दा दायर गरेको छ। सँस्थाबाट प्रवाह भएको ५४ लाखभन्दा बढी रकम असुल गरिपाउँ भन्दै फाइनान्स अदालत पुगेको हो।
त्यस्तै, फाइनान्सले ऋणी रचना महतोसहित ४ जनाविरुद्द अदालतमा मुद्दा दायर गरेको छ। रचना ट्रेड कन्सर्नका नाममा प्रवाह भएको ६४ लाख रुपैयाँ असुल गरिपाउँ भन्ने निवेदनसहित सँस्था अदालत पुगेको हो। सो मुद्दा पनि अदालत विचाराधीन छ। त्यस्तै, अर्का ऋणी कमला आले मगर सहित ४ जनाविरुद्द पनि सँस्था अदालत पुगेको छ। जुना खाजा घरका नाममा प्रवाह भएको ५३ लाख ४९ लाख रुपैयाँ ऋण उठाउन फाइनान्स अदालत पुगेको हो।
उल्लेखित लगायत मन्जुश्री फाइनान्सका सयौँ ऋण अलपत्र अवस्थामा भेटिएको छ। बिना धितो प्रवाह भएका तथा धितोले नखाम्ने गरी प्रवाह भएका कर्जा असुल नहुँदा फाइनान्स अदालतसम्म पुगेको हो। तर, ऋण उठाउन सँस्था कानुनीरुपमै अदालत पुगेको भए पनि अधिकांश ऋणी सम्पर्कविहीन अवस्थामा रहेका कारण ऋण असुल हुने सम्भावन न्युन रहेको बताइएको छ। जसका कारण सँस्था प्रोभिजनिङ्गको दवावमा छ। यसले नाफामा प्रत्यक्ष प्रभाव पार्ने हुँदा सँस्थाका लगानीकर्ताले कम रिटर्नमै चित्त बुझाउनुपर्ने देखिएको छ।
मन्जुश्री फाइनान्सबाट प्रवाह भएका कर्जा अपचलनबारे बुझ्न हामीले सिईओ तिमिल्सिनालाई सम्पर्क गर्यौ। तर, उनले यसबारे प्रतिक्रिया दिन चाहेनन्।




















प्रतिक्रिया