Logo

अर्थ

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने



काठमाडाैं । रिलायन्स स्पिनिङ मिल्सले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले सार्वजनिक निष्कासन गरिने ११ लाख ५५ हजार ९६० कित्ता सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम ५० र अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन बन्द छिटोमा मंसिर २५ गते र ढिलोमा पुस ७ गते हुनेछ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार १०:१७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।