काठमाडाैं । करिब तीन दशक सक्रिय पत्रकारीता क्षेत्रमा बिताएका पत्रकार नारायण तिवारीले आफ्नै पहलमा अनामनगरको हनुमानस्थान नजिकै ‘खुला पुस्ताकलय’ स्थापना गरेका छन् । पुराना पुस्तकहरू दान गर्दै समाजमा पठन–संस्कृति विकास गर्ने उद्देश्यसहित उनले पार्क क्षेत्र छेउमा निःशुल्क अध्ययनको व्यवस्था गरेका हुन् ।

आइतबार केही युवा पत्रकारहरूको संयुक्त उपस्थितिमा उक्त पुस्ताकलयको औपचारिक उद्घाटन गरिएको छ । तिवारीका अनुसार उनले आफ्नो निजी संग्रहका पुस्तकहरू र राख्ने र्याकसहित करिब १५० पुस्तक लिएर अभियानको सुरुवात गरेका हुन् ।

“मैले पढिसकेपछि अरूले पनि पढून् भन्ने सोचेर यो सुरु गरेको हुँ,” तिवारीले भने, “पार्कमा बस्नेहरूलाई फुर्सदका क्षणलाई उपयोगी बनाउने र पठन संस्कृति बढाउने अभिप्रायले यो स्थापित गरिएको हो।”





















प्रतिक्रिया