काठमाडौं । आफू जति बदनाम भएपनि पार्टीको नेतृत्व अरुमा सार्न नचाहने एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको नेतृत्वमाथि हस्तक्षेप गरेका छन् । समयको गति कार्यकर्ताको जनमत लिएर अगाडि बढ्नुपर्ने पार्टीहरु जेनजी आन्दोलनपछि रुप फेर्न थालेका छन् ।
एमालेका अध्यक्षले आफ्नै स्वार्थमा पार्टी विधान फेरे । संगठनबाट १ वरिष्ठ उपाध्यक्ष १ उपमहासचिव र ८ सचिवसमेत गरी १९ जनाको पदाधिकारीलाई १५ जनामा झार्दा आफ्नै टीले पूर्वको राजनीतिमाथि प्रहार गरेपछि झोली झुको थिए । तर, समयले त्यसलाई मिलायो । कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्वबहादुर खड्कालाई मौखिक कार्यबहाकको जिम्मेवारी दिए तापनि लिखित रुपमा दिएका थिएनन् ।
जब जब ओलीले देउवालाई विधान फेरेर आफूले झैं कांग्रेस सभापति पदमा दावी गर्ने गरी कान फुकेपछि देउवा पुनः सभापति पदमा दावी गरेका छन् । कांग्रेस संस्थापन पक्षले सहयोग नगर्दा सभापतिमा निर्वाचित हुन सकिँदैन भनेर नै महामन्त्री गगन थापाले केन्द्रीय डा. आरजु राणा देउवाको साथ खाजेका थिए । थापा संस्थापनतिर जाँदा फाइदा डा. शेखर कोइरालालाई हुन्छ । देउवा पक्षका नेता बालकृष्ण खाँड र प्रशाशरण महत पनि भड्किने अवस्था छ ।
एमाले अध्यक्ष ओलीले पार्टी बँचाउन विधान महाधिवेशन गरेर उमेर हद र कार्यविधिको बन्धन हटाएको स्मरण गराएर सभापति देउवालाई संसद् पुनःस्थापना भएपछि तपाईंँ नै प्रधानमन्त्री बन्नुहुने भएकाले संसद् पुनःस्थापनाको पक्षमा एकजुट हुन उक्साएका थिए । तर, एमाले अध्यक्ष ओलीलाई नेतृत्वमा आउन जति सहज हुन्छ त्यत्ति सहज कांग्रेसमा देउवालाई छैन । किन कि डा. शेखरको टिम बलियो छ ।
अब शारीरिक अवस्थाले पनि देउवालाई थाह दिँदैन । श्रीमती डा. आरजुलाई राजनीतिमा त्यति लगाव छैन । राणालाई कांग्रेसीहरुले नेताको रुपमा स्वीकार्दैनन् । कांग्रेस नेतृ चित्रलेखा यादव, डा. पुष्पा भुसाल, कमला पन्त, महालक्ष्मी उपाध्यक्ष (डिना)हरुको जस्तो डा. आरजुको पार्टीमा योगदान छैन । देउवाले पुसको अन्तिममा महाधिवेशन गर्ने निर्णय गर्दा आफ्ना सहयोगीहरुको कुरा खासै सुनेनन् ।
सात भाइका नामले चिनिएका कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय कुमार गच्छदार, डा.प्रकाश शरण महत, गोपालमान श्रेष्ठ र डा. शशांक कोइरालाले प्रतिनिधि सभाको चुनाव अगाडि १५ औं महाधिवेशन नगर्न केन्द्रीय समितिले अस्वीकार गर्न वातागरण बनाउँदै गर्दा विशेष महाधिवेशन भड्किएको थियो । एमाले अध्यक्ष ओलीले सत्ता सहयात्री दललाई साथ लिएर गौरव गरे पनि एमाले र कांग्रेसकै न्यायाधीशबाट विद्रोहले भंग गराएको छ । संसद् पुनःस्थापना हुने ठाउँ पनि आशा लाग्दो छैन । किन कि अहिले ठूला तीन दलमाथि जनताको आक्रोश बढी छ ।


















प्रतिक्रिया