Logo

प्रमुख समाचार

कस्तो रह्यो राजा ज्ञानेन्द्रको भारत बसाइ ?



काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले एक साता लामो भारत भ्रमण गर्नु भएको छ ।

एक महिना भन्दा लामो समयदेखि झापामा बस्दै आउनु भएका ज्ञानेन्द्र गत साता सिलिगुडी हुँदै भारतको पश्चिम बंगाल जानु भएको थियो ।

भारतीय जनता पार्टीको माउ संगठन राष्ट्रिय स्वयंसेवक संघको युवा संगठनको सिलिगुडीमा आयोजित सम्मेलनको अवसर पारेर ज्ञोनेन्द्र भारत जानु भएको थियो ।

ज्ञानेन्द्रले भारतमा को-को संग भेट गर्नुभयो भन्ने यकिन सूचना भारतीय वा नेपाली मिडियाले आधिकारिक रुपमा पाउन सकेनन् ।

ज्ञानेन्द्रलाई भारतमा रहँदा जेड सुरक्षा प्रदान गरिएको थियो भने भ्रमणको प्रत्यक्ष संयोजन पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीको कार्यालयले नै गरेको थियो ।

जेड सुरक्षा भनेको भीभीआइपीलाई मात्रै प्रदान गर्ने गरिन्छ भने मूख्यमन्त्रीको कार्यालयले भ्रमणको संयोजन गर्ने काम पनि विदेशी भीभीआइपी पाहुनालाई हुने गर्दछ ।

ज्ञानेन्द्रले आरएसएसका प्रमुख मोहन भागवतसंग लामो भेटवार्ता गर्नुभएको बुझिएको छ ।

पहिलो वार्ता सिलिगुडीमै र त्यसपछि कोलकातामा उनीहरु दुई जनाबीच दुई पटक भेटवार्ता भएको स्रोतको भनाइ छ ।

गत वर्ष पुसमा उत्तर प्रदेशका मूख्यमन्त्री आदित्यनाथको निवासमा भएको भेटमा हल्का तितोपिरो संवाद भएपछि ज्ञानेन्द्र र मोहन भागवतबीच दूरी बढेको चर्चा भईरहेको थियो ।

तर, यस पटकको भेट भने सौहार्द भएको स्रोतको भनाइ छ । ज्ञानेन्द्र र मोहन  भागवतबीचको भेटघाटकै छेको पारेर आरएसएसले नेपालमा राजनीतिक कोर्स करेक्सन अनिवार्य भएको प्रस्ताव पारित समेत गरेको छ ।

त्यसले ज्ञानेन्द्र र भागवतबीच मतभेद अन्त्य भएर नयाँ सहमतिको कुरा आएको हुनसक्ने बुझ्न सकिने देखिएको छ ।

नेपालका केही राजावादी भनाउँदाहरुले ज्ञानेन्द्र र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको दाबी गरे पनि पूर्व राजा निकट स्रोतले भने मोदीसंगको भेटको पुष्टि गरेन ।

मोहन भागवतले मोदीसंग भेट्ने भएसंगै लिएर जानेसम्म भनेका हुन् तर ज्ञानेन्द्रले अहिले त्यो तहमा जानु पर्छ र ? भनेपछि भेट नभएको बुझिएको छ ।

अर्थात मोहन भागवतसंगको कुराकानीबाटै ज्ञानेन्द्र आश्वस्त भएका हुन कि भन्ने अनुमान लगाउन सकिन्छ ।

ज्ञानेन्द्रको भारतमा सकारात्मक भेटघाट चलेपछि नेपालमा त्यसको छिटाहरु पर्न थालिसकेको खबर नेपालीपत्रमा उल्लेख छ ।

राष्ट्रपति राचमन्द्र पौडेलले खड्कप्रसाद ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई डाकेर प्रधानमन्त्री सुशीला कार्कीसंग भेट गराउनु र चुनावमा जान दबाव दिनुको पछाडि भारतमा भईरहेको भेटघाटको विकास क्रमको असरको रुपमा बुझ्नुपर्ने हुन्छ ।

त्यति मात्रै होइन, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानेन्द्र फेरि गद्दीसिन हुनसक्ने अभिव्यक्ति दिन पनि अर्थपूर्ण रहेको छ ।

यता, नेपाल सरकारले दुर्गा प्रसाईकै माग सम्बोधनको बहानामा हिन्दू राष्ट्र र राजसंस्था पुनस्थापनाका विषयमा जनमत संग्रह गर्न सकिने भनेर हिन्दू अधिराज्यको मागलाई पहिलो पटक स्वीकार गर्नुको पछाडि पनि यस्तै घटना क्रमहरुले काम गरेको हुनसक्ने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १२ पुष २०८२, शनिबार १३:००   :  बजे

348
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।