काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेको सहकारी ठगी मुद्दासँग सम्बन्धित धरौटी रकमको स्रोतलाई लिएर बहस चर्किँदै गएको परिपेक्षमा लेखक तथा सामाजिक अभियन्ता दिल निशानी मगरले कटाक्ष गरेका छन्।
लामिछानेले अदालतमा बुझाइएको धरौटी रकमको स्रोतमाथि माथि उठेको प्रश्नको जवाफ दिँदै उनले आईएमइ समूहका अध्यक्ष चन्द्र प्रसाद ढकालमाथि प्रश्न उठाएका छन्।
मगरले सामाजिक सञ्जालमार्फत् सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै अदालतमा धरौटी राख्न प्रयोग गरिएको पैसा रवि लामिछानेले कहाँबाट ल्याए भन्ने विषय स्पष्ट हुनुपर्ने बताएका छन्।
उनले अर्बपति व्यापारी चन्द्र ढकालका छोरालाई समानुपातिक सूचीमा राखेपछि उक्त रकम उनीमार्फत् जोडिएर आएको दाबी गरेका छन्।
उनको यो टिप्पणी सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ भने पक्ष–विपक्षमा प्रतिक्रिया आइरहेका छन्। केहीले यो विषयमा छानबिन हुनुपर्ने माग गरेका छन् भने केहीले प्रमाणबिनाको आरोप भन्दै आपत्ति जनाएका छन्।
उनले लेखेका छन्,–‘ अदालतमा धरौटी राख्ने पैसा रवि लामिछानेले कहाँबाट ल्याउँछ भन्थे। अरबपति चन्द्र ढकालका छोरालाई समानुपातिकमा राखेपछि पैसा त केबलकार नै चढेर आइहाल्छ ।’
धरौटी रकमको स्रोत, समानुपातिक सूचीको प्रक्रिया र निजी स्वार्थको सम्भावित सम्बन्धबारे उठेका प्रश्नहरूले राजनीतिक तथा सार्वजनिक वृत्तमा नयाँ बहस जन्माएको छ।
यसबारे सम्बन्धित पक्षले भने कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन।


















प्रतिक्रिया