पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पोखरामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा साविकको उज्यालो नेपाल पार्टीले सहभागीता जनाएन।
रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको उपस्थितिमा भएको कार्यक्रममा दुई हजारभन्दा बढीले पार्टी प्रवेश गरेको दाबी गरेको रास्वपाको कार्यक्रममा उज्यालो पार्टी सहभागी भएन।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, मिलन थापा तथा एमाले नेता पुष्प अधिकारीलगायत सहभागी भए पनि उज्यालो नेपाल पार्टी अनुपस्थित रह्यो।
पार्टी एकताको प्रक्रिया टुंगिन नसकेकाले कार्यक्रममा सहभागी नहुने निर्णय गरिएको उज्यालोका प्रदेश संयोजक मनराज गुरुङले बताए। ‘केन्द्रमा सहमति भए पनि संगठनात्मक र प्राविधिक विषय स्पष्ट नभएसम्म रास्वपाको ब्यानरमा कार्यक्रम सहभागी हुन सकिएन,’ गुरुङले भने।
एकीकरणसँग सम्बन्धित समायोजनका विषय टुंगिएपछि मात्र संयुक्त अभियानमा सहभागी हुने उनले भनाई छ।


















प्रतिक्रिया