काठमाडौं। लाभांश वितरणका प्रस्तावसहित आज सात वटा कम्पनीले आफ्ना वार्षिक साधारणसभा आयोजना गर्दैछन्।
जसअनुसार आज नबिल बैंक लिमिटेडले १२.५ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डासहित ४१औँ वार्षिक साधारणसभा बोलाएको छ। त्यसैगरी, हिमालयन लघुवित्त वित्तीय संस्थाले ६.६५ प्रतिशत बोनस सेयर तथा ०.३५ प्रतिशत नगद लाभांश पारित गर्न चौधौँ वार्षिक साधारणसभा गर्दैछ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्तावसहित चितवनमा चौबीसौँ वार्षिक साधारणसभा आयोजना गरेको छ।
आज इमर्जिङ नेपाल लिमिटेडले ५.२६३१५ प्रतिशत नगद लाभांश पारित गर्न काठमाडौंमा दसौँ वार्षिक साधारणसभा बोलाएको छ। सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले १० प्रतिशत बोनस सेयर तथा ०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्न उन्नाइसौँ वार्षिक साधारणसभा गर्दैछ।
यस्तै, बुटवल पावर कम्पनी लिमिटेडले ६ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डासहित तेत्तीसौँ वार्षिक साधारणसभा आयोजना गर्दैछ। कालिका पावर कम्पनी लिमिटेडले ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश पारित गर्न चितवनमा अठारौँ वार्षिक साधारणसभा बस्नेछ।



















प्रतिक्रिया