Logo

अर्थ

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच नेपाल पे कार्ड नेटवर्कका लागि सम्झौता



काठमाडाैं । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच एनपीएस–नेशनल कार्ड स्विचअन्तर्गत डोमेस्टिक कार्ड स्किम–नेपालपे कार्डको प्रमुख सदस्यताको लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रानुसार एनपीएस–नेशनल कार्ड स्विचलाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरुको राउटिङ र सेटलमेन्टमा अन्तर सञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको हो ।

सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत हेम राज संज्याल र नेपाल क्लियरिङ हाउस लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : २८ पुष २०८२, सोमबार १७:४१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।