काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरुलाई बैठकमा उपस्थित हुन भनिएको छ।
विशेष महाधिवेशन सुरु भएपछि कांग्रेसमा विवाद चुलिएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशन सुरु भएको हो।
विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको छ। बन्दसत्रमा भोलि नेतृत्व चयन प्रक्रिया सुरु हुने बताइएको छ।




















प्रतिक्रिया