Logo

विविध

दुर्घटना न्यूनीकरण विशेष अभियानमा सचेतनामूलक कार्यक्रम



काठमाडौँ । ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कद्वारा सोमबार सचेतनामूलक कार्यक्रम गरिएको छ ।

तेस्रो दिन कार्यालयका प्रमुख प्रहरी निरीक्षक शेखर कुमार साहको टिमद्वारा राइड सेयर बाइक चालकहरूसँग सचेतनामूलक कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण, पिक एण्ड ड्रप गर्दा अपनाउनुपर्ने सावधानी, प्रचलित ट्राफिक नियमको पालना साथै सडकमा ट्राफिक व्यवस्थापन सुदृढ बनाउने विषयमा सचेतना कार्यक्रम गरिएको हो ।

साथै उनीहरूको भूमिका तथा सवारी चालकहरूको तर्फबाट सवारी चलाउँदा ट्राफिक नियम पूर्ण रूपमा पालना गर्ने, यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्ने, तथा सुरक्षित र अनुशासित सडक संस्कृतिको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।

प्रकाशित मिति : २८ पुष २०८२, सोमबार २१:४०   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।