काठमाडौँ। नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले शेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सोमबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो।
साधारणसभाले संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ। साथै सोहि सभाले सञ्चालक निर्वाण कुमार चौधरीलाई नयाँ अध्यक्ष चयन गरेको छ।
नबिल बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा बैंकले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकारज्ज शेयर’ जारी गरेको छ।
त्यस्तै प्रतिकित्ता अंकित मूल्य रु १०० का दरले ५ करोड कित्ता जारी गरिएको उक्त पुँजी उपकरणमार्फत अतिरिक्त प्राथमिक पुँजी वृद्धि भई बैंकको जोखिम वहन क्षमता बलियो हुने तथा व्यवसाय विस्तारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
हाल देशभर २६८ शाखा र ३२१ एटिएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ। २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको बैंकले दिगो बैंकिङ अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ सेवा ‘एनबैंक’ सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।
यसका साथै, साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने शेयरधनी, नियामक निकाय, ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालाप्रति समेत बैंकले आभार व्यक्त गरेको छ।




















प्रतिक्रिया