काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्यारेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएको छ ।
कम्पनीले यही पुस २९ गते सम्पन्न ३२ औं वार्षिक साधारण सभाबाट पारित भएको २५ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव पारित भए बमोजिम उक्त नगद लाभांश पुस २९ गते मंगलबारका दिनदेखि एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंबाट सम्बन्धित शेयरधनीको हितग्राही खातामा उपलब्ध गराएको बैंक खातामा क्रमशः जम्मा गरिएको जनाएको हो ।
साधारणसभा प्रयोजनका लागि सेयर दाखिला बन्द हुने मितिसम्ममा कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश रकम सोही खातामा नै जम्मा गरिएको हो ।




















प्रतिक्रिया