नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका नेता यादव मधेस आन्दोलनपछि तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका थिए ।
पछि विजयकुमार गच्छदार त्यहाँबाट अलग भएपछि उनकै साथमा नेता यादव पनि अलग भएका थिए । गच्छदारले मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेका थिए ।
तर गच्छदारले पार्टीलाई कांग्रेसमा विलय गराएपछि यादव तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) प्रवेश गरे । २०७४ सालमा सर्लाही क्षेत्र नम्बर ३ बाट चुनाव जितेका उनी श्रममन्त्री समेत भए ।
२०७९ सालको चुनावमा उनी पराजित भएका थिए । सर्लाही–३ बाट उनी चुनाव लड्ने तयारी गरेका थिए, तर नेकपाले नारायणकाजी श्रेष्ठलाई टिकट दिएपछि यादव रुष्ट बनेका छन् ।
सर्लाही-३ मा माओवादीको जनाधार राम्रो देखिएकाले नेकपाका नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएको बताइन्छ । यादवले भने, ‘त्यो क्षेत्रबाट माओवादीले कहिल्यै चुनाव जित्दैनथ्यो ।
म त्यहाँ गएपछि संगठन राम्रो भएको हो, चुनाव लड्छु भनेर तयारी गरिरहेको थिएँ, तर अचानक गोर्खामा चुनाव लड्ने व्यक्तिलाई त्यहाँ गएर टिकट दिँदा म आफूलाई अपमानित महसुस गरें र त्यहाँबाट बिदा भएको हुँ ।’
प्रतिक्रिया