Logo

समाचार

महोत्तरीमा निर्वाचन तयारीः अनुमतिबिना जिल्ला नछोड्न कार्यालय प्रमुखहरूलाई निर्देशन



जनकपुरधाम । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरिका सबै कार्यालयलाई तयारी तीव्र पार्न कडा निर्देशन दिएको छ ।

कार्यालय प्रमुखले राखेको बैठकमा निर्वाचन प्रयोजनका लागि सबै कार्यालयले कार्यरत कर्मचारीहरूको सरुवा, काज, बिरामी तथा अस्वस्थ अवस्थाको विवरण, ट्रेड युनियनको कार्यसमितिमा आबद्ध रहे/नरहेको अवस्थासहित पूर्ण विवरण तीन दिनभित्र उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ ।

त्यसैगरी संघ, प्रदेश तथा स्थानीय तहअन्तर्गत जिल्लामा उपलब्ध सबै सरकारी सवारी साधन मर्मत–सम्भार गरी चालकसहित दुरुस्त अवस्थामा राख्न निर्देशन दिइएको छ । बैठकले कार्यालय प्रयोजनबाहेक सरकारी सवारी साधनको दुरुपयोग हुन नदिन कडाइ गर्ने निर्णय पनि गरेको छ ।

निर्वाचन अवधिमा कार्यालय प्रमुखहरूले प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना जिल्ला नछोड्न निर्देशन दिइएको छ । साथै मतदान केन्द्रसम्म पुग्ने बाटोको अवस्था सुधार गर्न सडक डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय तथा सम्बन्धित स्थानीय तहबिच समन्वय गरी यथाशीघ्र मर्मत कार्य अघि बढाउन बैठकले जोड दिएको छ ।

यसैबिच कमला–ढल्केवर–पथलैया सडक योजना पूर्व खण्डअन्तर्गत पूर्वपश्चिम राजमार्गको केन्द्रीय रेखादेखि २५/२५ मिटर दायाँ–बायाँ सडक सीमाभित्र पर्ने तर अभिलेखमा लगतकट्टा नभएका जग्गाहरूलाई कानुनअनुसार नापी तथा मालपोत कार्यालयमार्फत अभिलेखीकरण गर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १७:२८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।