Logo

समाचार

बाबुराम भट्टराई गोरखा–२ बाट चुनाव लड्ने



काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई गोरखा–२ बाट निर्वाचन लड्ने भएका छन् ।

आइतबार गोरखाका अगुवा नेताहरूसँगको छलफलपछि भट्टराई गोरखा–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार बन्न सहमत भएको जिल्ला इन्चार्ज यानप्रसाद भट्ट (सरोज) ले  जानकारी दिए ।

आजै बसेको प्रलोपाको बैठकले आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । तर, गोरखा–२ मा चुनावी तालमेल हुने या नहुने भन्नेबारे निश्चित भइनसकेको भट्टले बताए ।

गोरखा–२ मा यसअघि नै नेकपाले लेखनाथ न्यौपानेलाई टिकट दिएको छ भने एमालेले चक्रे मिलनलाई उम्मेदवार बनाएको छ । रास्वपाले भने उम्मेदवार टुङ्गो लगाइसकेको छैन ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १७:३४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।