Logo

समाचार

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको निर्देशन



काठमाडौँ ।  निर्वाचन आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको छ ।

कांग्रेस विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएको विषयलाई लिएर प्रसाईंले भ्रामक सूचना प्रवाह गरेको भन्दै आयोगले प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोलाई आइतबार पत्र पठाएर अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको हो ।

प्रसाईंले आयोगलाई पैसा बुझाएर दलको आधिकारिकता लिएको दाबीसहित भ्रामक सूचना प्रवाह गरेको आयोगको दाबी छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १७:४४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।