काठमाडाैं । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले धितोपत्र बजारसम्बन्धी लेख/रचना पठाउन आह्वान गरेको छ । बोर्डले आफ्नो ३४औं वार्षिकोत्सवको अवसरमा धितोपत्र बजार, वस्तु विनिमय बजार, मुद्रा बजार, वित्तीय प्रणाली र अर्थतन्त्रसँग सम्बन्धित तथ्यपरक तथा विश्लेषणात्मक लेख/रचना पठाउन सबैमा आह्वान गरेको हो ।
ती लेख/रचना समावेश गर्दै बोर्डले विशेषाङ्क प्रकाशन गर्ने भएको छ ।
लेख कम्तीमा २,५०० शब्दको हुनुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ । लेख मौलिक हुनुपर्ने र कतै प्रकाशित वा प्रकाशनका लागि पठाइएको हुनु नहुने बोर्डले जनाएको छ ।
लेख रचना तयार पार्दा बौद्धिक कृत्रिमता (एआई) को प्रयोग गर्न नपाईने बोर्डले जानाएको छ ।
इच्छुक लेखक तथा विज्ञहरूले आफ्ना लेखहरू आगामी २०८३ वैशाख १५ गते भित्र बोर्डको आधिकारिक इमेलमा पठाउनु पर्नेछ । प्राप्त लेखहरू प्रकाशन गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बोर्डमा सुरक्षित रहने सूचनामा उल्लेख छ ।



















प्रतिक्रिया