Logo

अर्थ

‘देशको गहना’ साम्बाको कठिन घडीमा भायानेटको साथ: उपचारका लागि ५ लाखको प्रतिबद्धता



काठमाडौं । नेपाली फुटबलकी गौरव र ‘देशको गहना’ सावित्रा भण्डारी यतिबेला आफ्नो खेल जीवनको सबैभन्दा चुनौतीपूर्ण मोडमा छिन् । मैदानमा देशको झण्डा उँचो राख्न अहोरात्र खटिने साम्बा यतिबेला घुँडाको गम्भीर चोटका कारणमैदान बाहिर छिन् ।

यस चुनौतीपूर्ण समयमा इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशनले आफ्नी ब्रान्ड एम्बेसडरको उपचार र पुनरागमनका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

साम्बाको शल्यक्रिया र त्यसपछिको करिब ८ महिना लामो ‘देशको गहना’ प्रक्रियाका लागि ठुलो स्रोतको आवश्यकता छ । ‘थाकेको हो, हारेको छैन’भन्ने साम्बाको अदम्य आँटलाई सम्मान गर्दै भायानेटले उनलाई पुन: खेल जीवनमा फर्काउन योसानो प्रयत्न गरेको हो ।

साम्बाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै भायानेटले भनेको छ- ‘देशको गहना साम्बाको रिकभरीको हरेक पाइलामा हामी साथै रहनेछौँ। उहाँ चाँडै निको भएर मैदान फर्कने र देशलाई पुन: गौरवान्वित बनाउने कुरामा हामी विश्वस्त छौँ।’

भायानेटले आफ्नो ब्रान्ड एम्बेसडरप्रति देखाएको यो तत्परताले जस्तोसुकै कठिन परिस्थितिमा पनि प्रयोगकर्ता र सरोकारवालासँग अटुट सम्बन्ध र भरपर्दो कनेक्सन कायम राख्ने कम्पनीको मूल मन्त्रलाई थप चरितार्थ गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार ११:०३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।